गठबन्धन प्राथामिकता हो, नत्र हामी एक्लै पनि चुनाव लड्न सक्छौ : आचार्य

सल्यान २४, चैत ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका केन्द्रिय सचिब खड्ग आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । केपि ओलीले संसदको हत्या गरेको बेलामा संबिधान र कानुनको रक्षा गर्नको लागि ५ दलको गठबन्धन निर्माण भएकाले सोहि गठबन्धन अनुसार पार्टी अघि बढेको बताउदै उहाँले भन्नु भयो हामिले उत्साजनक रुपमा विजयी हासिल गर्छौं, यसका लागि हाम्रो पार्टी तयार छ, तर कठिन समयमा सत्ता गठबन्धन निर्माण भएकाले गठबन्धन भन्दा बाहिर जानु नैतिकताले दिदैन ।

सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गलत कुरा र दम्भी प्रबृतिको विरुद्धमा स्वाभिमान र आत्मसम्मानको लागि पार्टी देखि बिद्रोह गरेर आएको र अहिले सोहि अनुसार अघि बढेको पनि दाबी गर्नुभयो । चुनाबमा हारजित स्वभाबिक प्रकृया हो यदि एक्लै लड्ने अवस्था आयो भनेपनि हामि तयार छौ उहाँले भन्नुभयो ।

उहाँले पार्टीको चुनाव चिन्ह कलम स्थापित गर्नाको लागि अबका केही दिन जनताको घरदैलोमा जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस