डाइनोसोर जसरी निर्वाचनपछि एमाले पनि अव लोप भएर जान्छ : चौधरी

सल्यान २७, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य मेटमणी चौधरीले अवको निवार्चन पछि नेकपा एमाले नेपालबाट लोप भएर जाने बताउनुभएको छ । उहाँले संसारबाट डाइनोसोर लोप भएजसरी आगामी स्थानिय, प्रदेश र संघिय निर्वाचनपछि नेपालबाट एमाले भन्ने पार्टी लोप भएर जाने बताउनुभएको हो

नेकपा एकीकृत समाजवादी पार्टी सल्यानको कपुरकोट गाउँ कमिटीले आइतवार कपुरकोटमा आयोजना गरेको पालिका स्तरीय जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेले कहि पनि जित्दैन्, एमाले शून्य हुन्छ, त्यो केपि ओलीका कारण हो उहाँले भन्नुभयो एमालेलाई धुलो चटाएरै छोड्छौँ ।

उहाँले एमालेमा व्यक्तिवाद हावि हुदा आफुहरुले पार्टी फुटाएको नभइ एमालेलेलाई पुर्नगठन गरेर एकीकृत समाजवादी बनाएको बताउनुभयो । देशभर एकीकृत समाजवादीप्रति नागरिकको आर्कषण बढ्दै गएको र आगामी स्थानिय तहको निर्वाचनमा पार्टीले उत्साहजनक नतिजाप्राप्त गर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य उदय बहादुर बोहराले देशको विकास र समृद्धिका लागि पनि समाजवादको यात्रामा सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो । यस्तै पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढाले देश र जनताको आवश्यता एकीकृत समाजवादी भएको बताउनुभयो । यस्तै केन्द्रिय सदस्य लोक बहादुर डाँगीले पार्टीको नाम र चुनाव चिन्ह नयाँ भएपनि पार्टीमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताहरु भएकाले निर्वाचनमा जीत हासिल गर्न कुनै समस्या नभएको बताउनुभयो ।

यस्तै पार्टीका जिल्ला कमिटी अध्यक्ष हरी केसीले एमाले पार्टी राजावादी बन्दै गएकाले जनताको विकल्प भनेकै एकीकृत समाजवादी पार्टी भएको बताउनुभयो । पार्टीका गाउँ कमिटी अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चलान टोपेन्द्र केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस