आगामी निर्वाचनपछि एमालेको चुनाव चिन्ह सुर्यको स्वरुप फेरिन्छ : बोहरा

सल्यान २८, चैत ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य उदय बहादुर बोहराले आगामी स्थानीय तहको निर्वाचन पछि नेकपा एमालेको चुनाव चिन्ह सुर्यको स्वरुप फेरिने बताउनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एमालेले हार्ने र चुनाव चिन्ह सुर्यमा ग्रहण लागेर स्वरुप नै फेरिने उहाँले बताउनुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सिद्ध कुमाख गाउँ कमिटीले सोमबार ढोरचौरमा आयोजना गरेको पालिका स्तरीय भेला तथा जनप्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले उत्साहजक रूपमा जित हासिल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष हरि केसीले पार्टीलाइ एकताबद्व गर्दै आगामी निर्वाचनमा बिजयी हाँसिल गर्नको लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।

यस्तै पार्टीका जिल्ला सचिब रमेश गौतमले कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने जिम्मेवारी एकीकृत समाजवादीको काँधमा आएको र सोहि अनुसार एकताबद्ध हुन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका गाउँ कमिटी इन्चार्ज ईश्वरी बुढाथोकी, सहइन्चार्ज मनबिर बस्नेत, जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी उपसचिव नन्दाराम बोहरा, जिल्ला कमिटी सदस्य शालिकराम बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।

पार्टीका गाउँ कमिटी अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भनेक कार्यक्रमको संचालन सचिब लोक बहादुर बिकले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस