सल्यान २८, चैत ।
सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । जिल्लाको शारदा नगरपालिका ४ निवासी गणेश विष्टले आफ्नो जन्मदिनको अवशरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २ विद्यालयका विपन्न विद्यार्थीलाई कापी वितरण गर्नुभएको हो ।
बिष्टले महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटा र बाल मन्दिर खलङ्गाका कक्षा १ देखी ५ सम्म पढ्ने बिपन्न वर्गका २० जना बिद्यार्थीलाई विविध शैक्षिक सामाग्रीहरु बितरण गर्नुभएको हो ।
शैक्षिक सामाग्री अभावमा पठनपाठनमा अहसहज नहोस भनेर बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गरेको उहाँको भनाइ छ । सल्यान दृष्टिकोणका सचिव समेत रहनुभएका उहाँले बैशाख १ मा कुपिण्डेमा हुने युवा सम्मेलनको अवसर पारेर ५० हजारको अक्षयकोष पनि खडा गर्ने जानकारी दिनुभयो ।