एमाले सिद्ध कुमाख गाउँ कमिटीका उपसचिव रावत एकीकृत समाजवादीमा प्रवेश

सल्यान २९, चैत ।
नेकपा एमाले सल्यानका जिल्ला कमिटी सदस्य तथा सिद्ध कुमाख गाउँ कमिटी उपसचिव गिर्दल रावत नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टी सिद्ध कुमाख गाउँ कमिटीको आयोजनामा ढोरचौरमा सम्पन्न पालिका स्तरीय आम भेला तथा जनप्रशिक्षण कार्यक्रममा रावतले पार्टी प्रवेश गर्नु भएको हो ।

उहाँसंगै एमालेका बिष्णु बिक, भक्त बहादुर बिक, जिवन बोहरा लगाएत दर्जन बढीले समाजवादीमा प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश गर्दै रावतले एमालेमा ब्यक्तिबाद हाबि हुदा आफुले पार्टी परित्याग गरेको बताउनुभयो ।

अहिले एमालेमा पद, पैसा र सिद्धान्त नभएका मान्छेहरु मात्रै भएकाले एमालेमा बस्न उचित नलागेर बिद्रोह गरेर जनताको प्रिय पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको उहाँको भनाइ छ । उहाँले अवका दिनमा पार्टीको निति, बिधि, र बिचारमा अडिग भएर अघि बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस