बिद्यार्थी र शिक्षकको बिदाइ

दमाचौर ३०, चैत ।
सल्यानको दमाचौरमा रहेको भानुभक्त माद्यामिक बिद्यालय कक्षा १० मा अध्ययनरत बिद्यार्थी र सेवा निबृत २ जना शिक्षकको बिदाइ गरिएको छ । छत्रेश्वरी गाउँपालिका १ का वडाअध्यक्ष नेब बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिव्यस अध्यक्ष प्रकाश हमाल, अभिभाबक संघ अध्यक्ष लेख बहादुर चन्द, नेपाली काँग्रेसका शिब कुमार सर्मां, नेकपा एकीकृत समाजबादी टोप बहादुर चन्द, प्रत्रकार सुरेन्द्र चन्द लगाएतको आतिथ्यता रहेको थियो ।

जसअन्र्तगत कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको विदाइ गरिएको छ । यस्तै लामो समयसम्म बिद्यालयमा पढाउदैँ आउनुभएका शिक्षकहरु प्रबित्र प्रकाश भण्डारि र डिल्ली प्रसाद जैसीको बिदाइ गरिएको छ । सो अवशरमा बिद्यालयका प्रधानाध्यापक खुमानन्द केसीले बिद्यालयको शैक्षिक अकार्यक्रमको सञ्चालन शिक्षक तुल्सि चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस