नगरप्रमुख बुढाथोकीद्धारा सरकारी गाडी फिर्ता

सल्यान ३०, चैत ।
सल्यानको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी नगरपालिकालाई फिर्ता गर्नुभएको छ । बुढाथोकीले प्रयोग गर्दै आएको बा २ झ ४५३५ नम्बरको स्कोरपियो गाडी फिर्ता गर्नुभएको हो । बुधबार गाडीको चाबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गर्नुभएको हो ।

निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सरकारी गाडी फिर्ता उहाँले बताउनुभयो । स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएसँगै जनप्रतिनीधीहरुद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने सरकारी गाडी फिर्ता गरेको उहाँको भनाइ छ । जनप्रतिनिधिहरु मध्ये आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गर्नेमा नगर प्रमुख बुढाथोकी जिल्लाकै पहिलो हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस