उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमबाट डाँगी सम्मानित

सल्यान ४, बैशाख ।
सल्यानमा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमबाट कर्ण बहादुर डाँगी सम्मानित हुनुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले जिल्लामा नै उत्कृष्ट उद्यमीको रुपमा शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा रहेको जय श्री माता मनकामना ग्रिल उद्योगका सञ्चालक डाँगी सम्मान गरेको हो ।

शनिवार खलंगामा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृप जंग शाहीले नगद रु. एक लाख सहित दोसल्ला र खादा ओडाएर सम्मान गर्नुभएको हो । जिल्लाभरमा एक जना उद्यमीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत १५ दिने सुचना आह्वान गरेर प्राप्त आवेदनका आधारमा उहाँलाई सम्मान गरिएको प्रमुख शाहीले बताउनुभयो ।

 

२०५९ सालमा मलेसिया गएका डाँगीले नेपाल फर्किएर २०६४ सालमा ग्रिल उद्योग सञ्चालन गर्नुभएको थियो । अहिले यस ग्रिलबाट राम्रो आम्दानी भैरहेको र ३ जना युवालाई रोजगारी समेत प्रदान गरिएको सञ्चालक डाँगीले बताउनुभयो । घर निर्माणको लागि आवश्यक पर्ने फलामका सबै सामाग्रीहरु निर्माण गर्दै आउनुभएका उहाँले ग्रिलबाट राम्रो आम्दानी भैरहेको बताउनुभएको छ ।

यसैविच कार्यालयले जिल्लामा सञ्चालन गर्ने कार्यक्रम र बजेटका बारेमा समेत छलफल गरिएको छ । कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने र कस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्ने लगाएतका बिषयमा छलफल गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस