सल्यान ६, बैशाख ।
सल्यानका साढेँ २१ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । बैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २१ हजार ५ सय १९ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जन्मिएको छ महिना देखी ५ बर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
जसमा बन्गाड कुपिण्डे नगरपालिकाका ३ हजार ४ सय ६८, बागचौर नगरपालिकाका २ हजार ९ सय ५८ जना र शारदा नगरपालिकाका २ हजार ५ सय ८ जना बालबालिकालाई भिटामिन ए खुवाइदैँ छ । यस्तै दार्मा गाउँपालिकाका २ हजार ४५ जना, कुमाख गाउँपालिकाका १ हजार २ सय ८ जना, सिद्ध कुमाख गाउँपालिकाका २ हजार ३ सय ८८ जना, छत्रेश्वरी गाउँपालिकाका १ हजार ७ सय ४६ जना, कालिमाटी गाउँपालिकाका २ हजार ३ सय ४१ जना, त्रिबेणी गाउँपालिकाका १ हजार २ सय २६ जना र कपुरकोट गाउँपालिकाका १ हजार ६ सय ५१ जना बालबालिकालाई भिटामिन ए खुवाइदैँ छ ।
उहाँका अनुसार एक बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । जसका लागि जिल्लाका दश वटै स्थानिय तहमा गरेर ४ सय २४ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यालयले अनुरोध गरेको छ ।