सल्यान ६, बैशाख ।
यस बर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई) मा सल्यानबाट ५ हजार ६५ बिद्यार्थी सहभागि हुन लागेका छन् । एसईई यही बैशाख ९ गते शुक्रवार देखी शुरु हुदैँ छ । यस परिक्षामा जिल्लाका सामुदायिक र संस्थागत गरेर ८९ वटा बिद्यालयमा अध्ययनरत ५ हजार ६५ बिद्यार्थीले परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ ।
जस अन्र्तगत साधारण धार तर्फ २ हजार २ सय ६५ जना छात्र र २ हजार ४ सय ३० जना छात्रा गरेर ४ हजार ६ सय ९५ जना बिद्यार्थी सहभागि हुदैँ छन् । यस्तै प्राविधिक धार तर्फ छात्र १ सय ३८ जना र छात्रा १ सय ३८ जना गरेर २ सय ७६ जना बिद्यार्थी सहभागि हुदैँ छन् भने ग्रेड बृद्धि तर्फ ४३ जना छात्र र ५० जना छात्रा गरेर ९३ जना बिद्यार्थी परिक्षामा सहभागि हुन लागेका हुन् ।
यसका लागि जिल्ला २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको इकाईका प्राविधिक सहायक कपिल कुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर सबै भन्दा धेरै जनकल्याण माद्यामिक बिद्यालय थारमारेबाट ३ सय ६४ जना र सबै भन्दा कम जनज्योती माद्यामिक बिद्यालय फारुलाचौरबाट १ सय १२ जना बिद्यार्थीले परिक्षा दिदैँ छन् ।
जिल्लामा सञ्चालन हुन लागेको एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको इकाई प्रमुख लाल बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँले जिल्लाका सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र सँगै उत्तरपुस्तिकाहरु पनि पठाइ सकिएको जानकारी दिनुभयो । यस्तै परिक्षा सञ्चालनको लागि केन्द्राध्यक्ष तोक्ने, अन्य जनशक्ति परिचालन गर्ने लगाएतका कार्यहरु सम्पन्न भएको जनाईएको छ । उहाँले परिक्षालाई शान्त, अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।