त्रिबेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार केसीद्धारा कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा

सल्यान १८, बैशाख ।
सल्यानको त्रिबेणी गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार डिल्ली बहादुर केसीले आफु निर्वाचित भएपश्चात सरकारी तवरबाट प्राप्त हुने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । यस गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका बिच चुनावी गठबन्धन गरिएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट कलम चुनाव चिन्ह लिएर अध्यक्षमा उम्मेदवारी दिएका केसीले आफुले निर्वाचन जितेपश्चात मासिक तलव, बैठक तथा भ्रमण भत्ता, सरकारी गाडी तथा इन्धन केही पनि लिने घोषणा गर्नुभएको हो ।

बरु आफुले पाउने सेवा सुविधा वाफतको रकमबाट अक्षयकोष निर्माण गरिने र गरिव तथा विपन्न परिवारको आर्थिक सुधारमा खर्च गरिने उहाँले बताउनुभयो । यस गाउँपालिकामा गठबन्धनकै तर्फबाट उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट राजेन्द्र कुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित