चुनाव चिन्ह पाए लगत्तै शारदा नगरपालिकामा संयुक्त गठबन्धनका उम्मेदवार चुनाव प्रचारमा

सल्यान १८, बैशाख ।
सल्यानको शारदा नगरपालिकामा संयुक्त गठबन्धनका उम्मेदवारहरुले चुनाव प्रचार शुरु गरेका छन् । शनिवार निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह पाए सँगै आइतवार देखी शारदा नगरपालिकाका मेयर पदका उम्मेदवार प्रमोद श्रेष्ठ र उपमेयर पदका उम्मेदवार रमेश गौतम सहितको सिंगो संयुक्त गठबन्धनको टोलीद्धारा चुनाव प्रचार शुरु गरिएको हो ।

शारदा नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्रको हसिया हतौडा अंकित चुनाव चिन्हबाट मेयर पदमा श्रेठ र कलम चुनाव चिन्हबाट उपमेयर पदमा गौतमले उम्मेदवारी दिनुभएको छ । आइतवार खैरावाङ मन्दिरबाट संयुक्त गठबन्धनको टोलीले प्रचार शुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस