सल्यान २०, बैशाख ।
सल्यानको कपुरकोट गाउँपालिकामा बाम गठबन्धनले प्रतिवद्धता पत्र तयार पारेको छ । आगामी पाँच बर्ष भित्रमा गर्नसकिने योजनाहरु सहित प्रतिवद्धता पत्र तयार पारिएको हो । वाम गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी बाट कलम चुनाव चिन्ह लिएर गाउँपालिका अध्यक्षमा दुर्गा बहादुर पुन र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्रको हसिया हथौँडा चुनाव चिन्ह लिएर प्रकाश भण्डारी निर्वाचनमा होलिनुभएको छ ।
यस पालिकामा नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रको संयुक्त गठबन्धनले स्थानीय स्तरमा कपुरकोट गाउँपालिकाको समग्र विकास गर्न कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपत् व्यवस्थापन, संस्कृति, पर्यटन, वन तथा वातावरण लगाएत सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।
# कपुरकोट गाउँपालिकालाई जनमैत्री सुशासन युक्त गाउँपालिका वनाउने,
# गाउँपालिकामा वाह्य लगानी मैत्री वातावरण सिर्जना गर्ने,
# पछाडि पारिएको वगर्, समुदाय, जातजातीको उत्थान र विकासका लागि लंैगिक उत्तरदायी वजेट तथा कार्यक्रम निर्माण गरि विभिन्न खालका रोजगारमृ्लक कार्यक्रम संचालन गर्ने,
# एकिकृत किसान विकास कार्यक्रमको माध्यमवाट कृषि उत्पादनका लागि सिचाई, आधुनिक कृषि औजार, उन्नत बीउ बिजन, रासायनिक मलको व्यवस्था गर्न विशेष कार्यक्रम सञ्चालन गरि कृषिलाई आधुनिकीकरण गर्ने,
# कृषकहरुका लागि विभिन्न खालका तालिम, भ्रमणका साथै दक्ष प्राविधीक र ल्यावकोे व्यवस्था गर्दै कृषकको आत्म सम्मान हुने कार्य संचालन गर्ने ।
# पशुपंक्षी बिमा,पशु स्रोत केन्द्र र पालिका नर्सरी स्थापना गरी खेतवारी हराभरा गरौँ, ढिक काल्ना खेर नफालौँ, समृद्ध बनौ कार्यक्रम सञ्चालन गनर्,े
# शैक्षिक सुधारका लागि विद्यालयमा क्रमिक रुपमा चिल्डे«न पार्क सहित वालमैत्री शैक्षिक वातावरण र आई.सि.टि. प्रविधी युक्त शिक्षण सिकाई संचालन गनर्,े
# पालिकामा उत्कृष्ट नतिजा ल्याउने र असहाय तथा विपन्न वर्गका विद्यार्थिका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृितको व्यवस्था गर्नुका साथै सामुदायिक विद्यालयमा बस सेवा संचालनका लागि आर्थिक सहयोग गरिने,
# खेलकुद क्षेत्रको समग्र विकासका लागि विशेष कार्यक्रम संचालन गर्ने,
# सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष योजना ल्याइने,
# प्रत्येक वस्तीमा एक घर एक धारा सहित शुद्ध पिउने पानीको व्यवस्था गर्ने, सुत्केरीहरुलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, स्वयम् सेविका र सुत्केरी खाजा भत्ताको व्यवस्था गर्ने,
# एकिकृत पोषण कार्यक्रम, स्वास्थ्य विमा, स्वास्थ्य शिविर सञ्चालन गर्ने,
# पालिकामा स्वास्थ्य विशेषज्ञ सेवा उपलव्ध गराउनुका साथै स्वास्थ्य चौकीहरुमा सुविधा सम्पन्न ल्याव टेष्टको व्यवस्था गर्ने,
# पालिकामा खरको छानामूक्त घरहरू वनाउन क्रमिक रुपमा जस्ताको व्यवस्था गर्ने,
# अध्याँरो मुक्त पालिका वनाउन सवै वडाहरूका टोल वस्तीमा विद्युतीकरण विस्तार गर्ने,
# स्थानिय सडक सञ्जाल बिस्तार र सडक स्तरोन्नतीमा जोड दिने,
# विद्यालय भवन, छात्रावास, खेल मैदान, तारवार, पर्खाल निर्माणमा कार्यलाई प्राथमिकता दिने,
# स्थानिय विपत् व्यवस्थापन समितिलाई सक्षम वनाउदै तत्काल राहत तथा उद्धारकाका लागि आर्थिक कोष तयार गर्ने र दमकल संचालनका लागि योजना वनाउने,
# भाषा, कला, संस्कृतिको संरक्षण गर्न सांस्कृतिक केन्द्रको स्थापना गर्नुका साथै कलाकारलाई सम्मान गर्ने,
# कपुरकोट गाउँपालिकालाई पर्यटकीय तथा व्यापारिक स्थलका रूपमा परिचित गराउने,
# कपुरकोट क्षेत्रको धुलोलाई नियन्त्रण गर्नुका साथै सबै वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्दै पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिने
# पालिकामा शव वहानको व्यवस्था गरि प्रचलनमा आएका शवदाह स्थलमा शवदाह गृह निर्माण गरिने,