फाइल फोटो
सल्यान, २० वैशाख ।
सल्यानमा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी एमालेका कार्यकर्ताद्धारा ढुङगा मुढा प्रहार भएको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उप प्रमुख चम्फा पुरीको उम्मेदवारी जवरजस्ती फिर्ता लिएको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको ढोरपिपलमा ढुङगा मुढा प्रहार भएको हो ।
एमालेका जिल्ला सचिवालय सदस्य आशा वली र नरभुपाल शाह चढेको गाडीमा ढुङगा मुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सल्याले जनाएको छ । गाडीमा क्षति भएको भएपनि गाडिभित्र रहेका कसैलाई पनि चोटपटक नलागेको प्रहरीको भनाई छ ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले मनोनयन फिर्ता लिने दिन एमालेकै उप मेयर चम्फा पुरीको उम्मेदवारी सहमति विना नै फिर्ता लिएको आरोप लगाउदै नगरपार्टी भित्र तिव्र असन्तुष्टि फैलिन थालेको छ । नगर प्रमुखका उम्मेदवार समेत रहेका पुनलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने एमाले बनगाड कुपिण्डे नगरकमटिले जनाएको छ ।
अध्यक्ष पुनले आफुले चुनाव जित्नका लागि पाटीमा कुनै सल्लाह नै नगरेर पुरीको उम्मेदवारी आफैले फिर्ता लिएको र व्यक्तिसंग सहमति गरेको आरोप लगाउदै अध्यक्ष पुनलाइ कारवाहीका लागि माग गरेको र कारवाही नभए कडा आन्दोलन गर्ने एमाले वनगाड कुपिण्डे नगरपालिका नगरकमिटी सचिव राजेश वलीले जानकारी दिनुभयो ।