शारदा नगरपालिकामा काँग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका बिष्टले संयुक्त गठबन्धनलाइ सघाउने

सल्यान २१, बैशाख ।

शारदा नगरपालिका वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष सुदन बिष्टले बाम गठबन्धनलाइ सहयोग गर्नुहुने भएको छ । २०७४ सालमा नेपाली काँग्रेसबाट निर्वाचित भएका वडा अध्यक्ष बिष्टले शारदा नगरपालिकाको एकीकृत माओवादी र नेकपा (एकीकृत समाजवादी)गठबन्धनको सँयुक्त प्यानलबाट उम्मेदवार बनेका शिशिर न्यौपानेको टीमलाइ सहयोग गर्ने बताउनु भएको छ ।

उहाँले बैशाख १२ गते काँग्रेसको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी प्रस्तुत गर्नु भएको थियो । उहाँले वडा अध्यक्ष पदबाट राजिनामा दिएर बागी उम्मेदवारी दिनु भएको थियो ।


बिष्टकी श्रीमति नेपाली काँग्रेसबाट वडा सदस्यको उम्मेद्वार बनेकी विमला विष्टले समेत बाम गठबन्धनलाइ सहयोग गर्ने भन्दै आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ । उहाँले नेपाली कांग्रेस नगर सदस्य बाट समेत राजिनामा दिनु भएको छ ।

आफुलाइ करकाप गरि पार्टीले उम्मेद्वारी दिन लाएको र फिर्ता लिन खोज्दा समेत फिर्ता लिन न दिएको भन्दै उनले विज्ञप्ती निकाल्दै पार्टीको कुनैपनि जिम्मेवारीमा न रहने गरि राजिनामा दिएको उहाँले बताउनुभयो ।

उहाँले आफुले उम्मेद्वारी फिर्ता लिइ सकेकाले मतदाताहरुलाइ भोट न हाल्न र बाम गठबन्धनलाइ सघाउन समेत आग्रह गर्नु भएको छ । यसरी निर्वाचनको मुखैमा आएर नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्न थालेपछि नेपाली काँग्रेसलाइ समेत झट्का लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित