स्यानिखालका मतदाता भन्छन् : ‘हाम्रो मत प्रमोद र रमेशलाई’


सल्यान २१, बैशाख ।
सल्यानको शारदा नगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका प्रमोद श्रेष्ठ र उपमेयरमा उम्मेदवारी दिएका रमेश कुमार गौतम दिनरात नभनी प्रचारमा खटिनुभएको छ ।

गोलाकार भित्रको हसिया हथौँडा चुनाव चिन्हबाट मेयरमा श्रेष्ठ र कलम चिन्हबाट उपमेयरमा गौतमले उम्मेदवारी दिएदेखी घरदैलो कार्यक्रममा सक्रिय बन्नुभएको छ । यसैक्रममा मंगलवार मेयर उपमेयर सहितका उम्मेदवारको टोलीले शारदा नगरपालिका वडा नम्बर १२ र १३ का विभिन्न टोलबस्तीहरुमा पुगेर संयुक्त गठबन्धनको टिमलाइ जिताउन अपिल गरेको छ ।

चुनावी प्रचारको क्रममा साविकको स्यानिखाल गाविसका मतदाताहरुले यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त गठबन्धनलाइ मतदान गर्ने बताएका छन् । प्रचार–प्रसार र घरदैलो कार्यक्रममा स्थानियको उत्साहजनक सहभागिता रहेको छ ।

मेयरका उम्मेदवार श्रेष्ठ र उपमेयरका उम्मेदवार गौतमले शारदा नगरपालिकालाई समृद्ध नगर बनाउनको लागि संयुक्त गठबन्धनका उम्मेदवारलाई अमुल्य मतदान गरेर विजयी बनाउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस