नतिजा प्रकाशन तथा विदाइ कार्यक्रम सम्पन्न

सल्यान २३, बैशाख ।
सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको मोडर्न तुल्सी सेकेन्डरी स्कुलमा अध्ययनरत बिद्यार्थीको नतिजा प्रकाशन तथा विदाइ गरिएको छ । शुक्रवार बिद्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी मन्टेश्वरी देखी कक्षा ९ सम्मका बिद्यार्थीहरुको बार्षिक नतिजा प्रकाशन तथा कक्षा १० मा अध्ययन गरेर भर्खरै एसइइ परिक्षा दिएका बिद्यार्थीहरुको विदाइ गरिएको हो ।

बिद्यालयका प्रिन्सिपल जित बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भाइस पिन्सिपल कैलाख श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । बिद्यालयका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर दिपेन्द्र डाँगीको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन शिक्षक डिल्लीराज शर्माले गर्नुभएको थियो ।

सो अवशरमा मन्टेश्वरी देखी कक्षा ९ सम्म अध्ययनरत बिद्यार्थीको नतिजा प्रकाश गरिएको थियो भने उत्कष्ट हुने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ । जिल्लामा नै निजि क्षेत्रकै १५ बर्षे लामो इतिहास रहेको यस बिद्यालयमा साँढे ५ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित