घर–घरमा पुगेर भोट माग्न व्यस्त मेयरका उम्मेदवार श्रेष्ठ र उपमेयरका उम्मेदवार गौतम

सल्यान २३, बैशाख ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलोमा व्यस्त बनेका हुन् ।

यसैक्रममा सल्यानको शारदा नगरपालिकामा संयुक्त गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार प्रमोद श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार बनेका रमेश गौतम पालिकाभित्रका मतदातासँग भोट मागिरहनुभएको छ । उहाँहरु सँगै वडाध्यक्षको टोली प्रतिबद्धता पत्र लिएर घर–घरमा पुगेर मतदातासँग भोट मागिरहेका छन् ।

उम्मेदवारहरु दलबलसहित आफ्नो क्षेत्रका नागरिकहरुसँग आफ्ना योजना सुनाउँदै भोट मागिरहेका छन् । शुक्रवार उम्मेदवारहरुले नगरपालिकाको वडा नम्बर–७ र ६ मा घरदैलो कार्यक्रम गरेका छन् । उनिसहितको टोलि स्थानीयका घर–घरमा पुगेर मतदातासँग भोट मागेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस