कुमाखको वडा नम्बर १ र ७ मा माओवादी केन्द्रका वडाअध्यक्ष विजयी

सल्यान ३१, बैशाख ।
सल्यानका दुइ वटा वडाहरुमा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर १ र ७ मा नेकपा माओवादी उम्मेदवार विजयी भएका हुन् । जसमा कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली रानाले ६०८ मत प्राप्त गरेर विजयी गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गर्नुभएको थियो ।
यस्तै कुमाख गाउँपालिका वडा नंम्बर ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी हुनुभएको छ । शाहीले ६४३ मत लिई विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस