शारदा नगरपालिका ९ मा एकीकृत समाजवादीका बुढाथोकी प्यानल सहित विजयी

सल्यान २, जेठ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ मा संयुक्त गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका हेमेन्द्र कुमार बुढाथोकी प्यानल सहित विजयी भएको छ । जसमा बुढाथोकीले ४ सय ८६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका चक्र बहादुर घर्तीले ३३६ र नेकपा एमालेका सुर्य बहादुर बोहराले २०२ मत प्राप्त गर्नुभएको छ ।
यस वडामा महिला सदस्य, दलित महिला सदस्य र दुइ जना खुल्ला सदस्य पनि गठबन्धन ले जितको छ । यहाँ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको संयुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस