सल्यान २, जेठ ।
सल्यानको कुमाख र त्रिबेणी गाउँपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको छ । मतपरिणाम अनुसार ४६ मतको अन्तरले कुमाख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकीले जित हाँसिल गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याउनुभयो भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत ल्याउनुभएको थियो । त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बन्नुभएको छ । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याउनुभयो । कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो ।
यस्तै त्रिबेणी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन बिजयी हुनुभएको छ । रावतले ३३ सय ६९ मत र पुनले ३१ सय ८६ मतका साथ विजयी हुनुभएको हो । त्यहाँ अध्यक्षमा एकीकृत समाजबादिका डिल्ली केसिले २ हजार १७ मत र नेकपा एमालेका लोकेन्द्र सिंह खड्काले १७ सय ९६ मत प्राप्त गर्दा प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले २ हजार ३५ मत र एमालेका कलावती ओलिले १८ सय १९ मत प्राप्त प्राप्त गर्नुभएको छ ।