सल्यान २, जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गा बहादुर पुन विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी विजयी हुनुभएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै पुन र भण्डारी विजयी बन्नुभएको हो ।