शारदा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँगेसका उम्मेदवार विजयी

सल्यान ३, जेठ ।
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । नगरको मेयरमा कांग्रेसका जिल्ला सचिव समेत रहेका प्रकाश भण्डारी १२८० मतान्तरले विजय हुनुभएको छ । भण्डारीले ६२१७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज प्रधानले ४९३७ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३९९४ मत ल्याउनुभएको थियो ।
त्यसैगरी उपमेयरमा कांग्रेसकी सुस्मिता सापकोटाले ५३८० मत ल्याएर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले ४५९५ र एमालेका जालना भण्डारीले ४५२२ मत ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस