लागत साझेदारीमा भैँसी वितरण

सल्यान १६, जेठ ।
सल्यानको त्रिबेणी गाउँपालिका भित्रका किसानहरुलाई भैँसी वितरण गरिएको छ । त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा आधारित एक पालिका एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तर्गत त्रिवेणी भैसीपालन समुहका कृषकहरुलाई ३३ वटा उन्नत भैसी वितरण गरिएको हो ।

गाउपालिकाका अध्यक्ष खिम बहादुर रावत र पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले ती भैँसी किसानहरुलाइ हस्तान्तरण गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस