बन्गाड कुपिण्डेमा पहिलो निर्णय : ८ बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने

दुर्गा विसी
सल्यान १७, जेठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो स्थानीय तहको पहिलो नव निर्वाचित कार्यापालिका बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।निर्णय सार्वजनिक गर्दै प्रवक्ता धनवहादुर पुनले सबै बैंकका जनपृय निर्णय भएको वताए ।स्थानीय तह २०७९ को निर्वाचन सफलता पुर्बक सम्पन्नता गर्ने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दै बैठकले विविध निर्णयहरु गरेको छ।विषगत समिति गठनमा न्यायिक समिति,स्थानीय राजश्व परामर्श समित,श्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति ,वजेट तथा कार्यक्रम तर्जुमा समिति,आर्थिक विकास समिति,सामाजिक विकास समिति,पुर्वाधार विकास समिति,विद्यायन समिति,संस्थागत विकास र शुसासन समिति,वातावरण तथा विपत्त व्यवस्थापन समिति,नगर शिक्षा समिति,अनुगमन तथा सुपरिवेक्षण समिति,अपांगता परिचयपत्र वितरण स्थानीय समन्वय समिति गठन गरेको जनाएको छ ।त्यसै गरि प्रवक्तामा धनवहादुर पुन मित्रलाई तोकिएको छ ।

महत्त्वपूर्ण निर्णयमा पहिलोमा शिक्षा परेको छ ।नगर प्रमुख कर्ण वहादुर वुढाथोकिको संयोजकत्वमा नगर शिक्षा समिति गठन वनेसँगै विद्यालयका भौतिक पुर्वाधार सुधारसँगै नगरका ८ माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ ।त्यसको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने भनिएको छ ।चालू आवमा विनियोजन भैइ कार्यनयन हुन नसकेका योजनाहरु यहि २० गते भित्र सम्झौता गरि आषाढ २० गतेभित्र भुक्तानी लिइ सक्नुपर्ने जनाएको छ ।

सरसफाइ,चिस्यान घरका लागि निशुल्क जग्गा उपलब्ध गराउनका निम्ति प्रस्ताव आह्वान,अस्पताल सम्म जाने सडक सुधारका लागि वजेट व्यवस्थापन साथै निर्माणकार्य हुने १५ शैयाको अस्पताल सम्म जाने सडकको व्यवस्थापनका लागि वजेट व्यवस्थापन,कुपिण्डे तालको आइइ प्रतिवेदन स्वीकृत,पशु अस्पताल तथा नगरको साझेदारीमा ७ नं वडालाइ बाख्रा पकेट विकास कार्यक्रम लागू गर्ने । हावाहुरीले क्षेती पु¥याएको देवस्थल स्वास्थ्य चौकीको छाना मर्मत गर्ने निर्णय गरेको जनाएको छ ।बैठकद्वारा नगर कार्यापालिका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको यो पहिलो पटक हो ।अघिल्लो स्थानीय सरकारले कुनै पनि निर्णय हरु वाहिर ल्याउदैन थियोे ।

 

प्रतिक्रिया दिनुहोस