नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरुको लागि ४ दिने तालिम सम्पन्न

सल्यान २०, जेठ ।
सल्यानमा नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरुको लागि ४ दिने तालिम सम्पन्न सम्पन्न भएको छ । जिल्लाको शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिका २२ वटा सामुदायिक बिद्यालयमा कक्षा १ मा नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरुको लागि ४ दिने तालिम विहीबार जिल्लाको श्रीनगरमा तालिम सम्पन्न भएको हो । सो अवशरमा उनीहरुलाई नेपाली भाषा शिक्षण गर्ने तरिका, बिद्यार्थीहरुलाइ कसरी आर्कषित गर्ने, पढाइलाई कसरी प्रभावकारी बनाउने लगाएतका बिषयमा छलफल भएको थियो ।
शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकासँगको समन्वय र रुम टु रिड तथा दलित विकास समाज सल्यानको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रम सो तालिम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित