जिल्ला समन्वय समिती सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी

सल्यान २५, जेठ ।
जिल्ला समन्वय समिती सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार जिल्ला समन्वय समितीको प्रमुखका लागि ४ जनाले उम्मेदवारी दिएका हुन् । जसमा नेपाली काँग्रेसका दुइ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

जसअन्र्तगत प्रमुख पदमा मान बहादुर ओली नेपाली कांग्रेस, बेलाराम रावत नेपाली कांग्रेस दोहोरो, नारायणी खत्री रावत नेकपा एमाले र लोकबहादुर डाँगी नेकपा एकीकृत समाजवादी रहनुभएको छ । यस्तै उपप्रमुखमा दुइ जनाले उम्मेदवारी दिएका छन् । जसमा अशविर बुढाथोकी नेकपा माओवादी केन्द्र र बेलबहादुर चन्द नेकपा एमाले रहनुभएको छ ।

यस्तै सदस्य पदमा नेकपा माओवादी केन्द्रका चेत बहादुर गिरी, नेकपा एमालेका डुम बहादुर खत्री, नेकपा एमालेका ढकलाल रावत, नेपाली काँग्रेसका बालकृष्ण भण्डारी र नेकपा एकीकृत समाजवादीका हरिलाल खत्रीले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला सदस्यमा नेकपा माओवादीका बिन्दु पुन, नेपाली काँग्रेसका बिमला कुमारी खत्री र हिरा कुमारी शाह चन्द तथा नेकपा एमालेका होम कुमारी बुढामगरले उम्मेदवारी दिनुभएको छ ।

यस्तै दलित वा अल्पसंख्यक पदमा नेकपा माओवादी केन्द्रबाट जमुना विक र नेकपा एमालेको तर्फबाट बिष्णु वली राजीले उम्मेदवारी दिनुभएको छ । आइतवार हुने निर्वाचनका लागि २७ गते निर्वाचन चिन्ह प्रदान गरिने छ । सल्यान जिल्ला समन्वयको प्रमुख र उपप्रमुख गरी ९ सिटका लागि हुने निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस