सबै बिद्यालयमा प्राथामिक उपचार सामाग्रीको व्यवस्था गर्न माग

सल्यान २६, जेठ ।
सल्यानको शारदा नगरपालिका भित्रका सबै बिद्यालयहरुमा प्राथामिक उपचार सामाग्रीको व्यवस्था गर्न माग गरिएको छ । बिहीबार हेड नेटवर्क तथा मानव अधिकार समुहले शारदा नगरपालिकाका नगरउपप्रमुख सुस्मिता सापकोटा सुनारलाई मागदावी पत्र पेश गर्दै बिद्यार्थीहरुको सहजताका लागि सबै बिद्यालयहरुमा प्राथामिक उपचार सामाग्रीको व्यवस्थापनका लागि पहल गर्न माग गरेको हो ।

यस्तै नगरपालिकामा हालसम्म एउटा पनि एम्बुलेन्स नभएकाले नागरिकको सहजताको तत्कालै एम्बुलेन्सको व्यवस्थापन गर्न, स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन, स्वास्थ्य सेवा कार्यालय सल्यानमा व्लड बैँक सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन गरिदिन माग गरेको छ ।
यस्तै वजार अनुगमणलाई प्रभावकारी वनाउन, पालिका भित्रका सबै बिद्यालयमा गुणासो सुनुवाई संयन्त्र निर्माण गर्न, नगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्न, नागरिकहरुको गुणासो सुनुवाई गर्न तथा सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि टोल फ्रि नम्बरको व्यवस्थापन गर्न माग गरिएको छ ।

मागदावी पत्र बुझ्दै नगर उपप्रमुख सापकोटाले नगरभित्रको शिक्षा, स्वास्थ्य लगाएतका अन्य थुप्रै क्षेत्रमा देखिएका समस्या समाधानको लागि नगरपालिकाले काम गर्ने बताउनुभएको छ । अधिकारकर्मीहरु मिना बुढाथोकी, रामचन्द्र रेग्मी, मुना हमाल, यज्ञ बहादुर विक, बुद्धि पुन, प्रकाश नेपाली लगाएतको उपस्थितीमा मागदावी पत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस