सामुदायिक बिद्यालयमा मानसिक मनोपरामर्श कार्यक्रम सम्पन्न

सल्यान २, असार ।
सल्यानको एक बिद्यालयमा मानसिक मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ लेखटाकुरामा रहेको सृजनशिल प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय जनप्रतिनिधिहरुका बिचमा मानसिक मनोपरामर्श प्रदान गरिएको हो । केही समय अघि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा काँप्ने, कराउने, रुने, छट्पट्टाउने लगाएतका बिभिन्न लक्षण देखा परेका थिए ।

सिविन नेपाल र कान्ति बालअस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मनोरोग बिभाग काठमाडौका मनोचिकित्सक डा. दिनुजा खड्काले यो समस्या एक बिद्यार्थीबाट उसको सम्पर्कमा भएका अरु बिद्यार्थीहरुमा सर्दै जाने र त्यस्तै किसिमको लक्षण वा समस्या देखिने गरेको र यो मास कन्भर्जन डिस अर्डर भएको बताउनुभयो ।

यस्तो समस्या भैइ बेहोस भएका बालबालिकालाई समस्या भएकै स्थानमा छोड्न नहुने र होहल्ला नगरेमा छिटो पहिलेकै अबस्थामा आउने उहाँको भनाइ छ । विद्यार्थीहरुमा यो समस्या विशेष गरि पढाई, पारिवारिक अबस्था र गरिविको कारणले गर्दा हुने गरेको उहाँले बताउनुभयो ।

चिकित्सामनोविद् राजकाजी प्रजापतीले यस समस्याको समाधान गर्नको लागि वालबालिकालाई बालमैत्री पुर्णव्यबहार गर्दै उनीहरुमा भएको तनाव कम गर्नुपर्ने वताउनु भयो ।

स्थानिय चन्द्र प्रकाश बुढामगरको समन्वयमा सञ्चालन भएको मनोपरामर्श कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पारेको र अभिभावक र शिक्षकहरुमा मास कन्भर्जन डिस अर्डरको बारेमा बालबालिकालाई सामान्य परामर्श गर्न सक्ने उर्जा प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस