थारमारेमा शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य परिक्षण घुम्ती शिवीर सम्पन्न

सल्यान ३, असार ।
प्राथामिक स्वास्थ्य केन्द्र थारमारेमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि एक दिने स्वास्थ्य परिक्षण घुम्ती शिवीर सम्पन्न भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रे र सल्यानको बागचौर नगरपालिकाको संयुक्त आयोजनामा १८ बर्षमुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य परिक्षण घुम्ती शिवीर सम्पन्न भएको हो ।

जसमध्ये ५ जना बालबालिका नयाँ पहिचान, ५३ जना अर्थाेपेडिक सहायक सामाग्री, ४ जनालाई वैशाखी प्रदान गरिएको सुपरभाइजर होमराज केसीले जानकारी दिनुभयो । यस्तै ७ जनालाई स्पाइलिन्ट, २ जनालाई गुड्ने मेच, एक जनालाई वाकर, एक जनालाई अर्थाेपेडिक सहायक सामाग्री नाप जाँच, ४ जनालाई फिजियोथेरापि, ३२ जनालाई माइनर शल्यक्रिया, २ जनालाई रिफरल शल्यक्रिया तथा ४ जनालाई लागि भर्ना गरिएको छ ।

यस्तै ३२ जनालाई परामर्श, ३५ जनालाई औषधि बितरण र ५७ जनालाई अभिमुखिकरण प्रदान गरिएको छ । कार्यक्रममा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, प्राथामिक स्वास्थ्य केन्द्रका इन्चार्ज भुपेन्द्र कुमार वली, अपाङ्ग बाल अस्पतालका डाक्टर बिजय ज्याकब, अर्थाेडिक प्राबिधिक प्रलाध पराजुली लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस