नौँ वुदें घोषण पत्र जारी गर्दै प्रारम्भिक बालविकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न

सल्यान, ६ असार
जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा नौ वुदे घोषणा गर्दै वाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले“ भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले गाउँपालिका भित्रका सवै प्रराम्भिक वाल विकास केन्द्रमा उमेर समुहका वालकालिकाहरुलाई भर्ना सुनिश्चित गर्ने तथा १ सय ९२ दिन सिकाई क्रियाकलापहरुद्धारा वालवालिकाको उपस्थिीति दर वृद्धि गर्ने घाषणा गरेको छ ।

बालविकासमा अध्ययनरत वालविकासको क्षमता अभिवृद्धि गर्नका लागि गाउँपालिकाले नक्साङकन गर्ने, प्ररारम्भिक साक्षरता, सिप विकास तालिम तथा घुम्ती वैठक मार्फत सिकाई आदान प्रदान कार्यलाई निरन्तता दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिका भित्रका सवै वाल विकास केन्द्रलाई नमुना वाल विकास केन्द्रको रुपमा विकास गर्ने तथा गाउँ शिक्षा समितिको नेतृत्वमा अनुगमन तथा उत्कृष्ठ वाल विकास केन्द्रलाई गाउँपालिकाले पुरस्कृत गर्ने र वालविकासस केन्द्रकको न्युनतम मापदण्ड तयार गरी कार्यन्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।
घोषणा पत्रमा प्रथम सम्मेलनबाट गठन भएको पालिकास्तरीय वालविकास केन्द्रका शिक्षकहरुको सञ्जालको क्षमता अभिवृद्धीका लागि गाउँपालिकाले वजेट विनियोजन गर्ने तथा दैनिक पाठ योजनाको आधारमा कक्षालाई वालमैत्री, खुशीमय र सामाग्रीमय बनाइने उल्लेख गरिएको छ ।

कार्यक्रममा गाउपालिका अध्यक्ष हरिचन्द्र वस्नेतले गाउँपालिका भित्रका वालवालिकाहरुको विकासका लागि गाउँपालिकाले कुनै पनि कसर वाँकी नराख्ने जानकारी दिए । “गाउँपालिका भित्र रहेका सवै वालिविकास केन्द्रको विकासमा गाउँपालिकाले विषेश जोड दिने छ त्यहि भएर पनि हामीले वडाध्यक्ष सहित सम्पुर्णले यो घोषणा पत्रमा हस्ताक्षर गरेका छौ” वस्नेतले भने ।

कार्यक्रममा कर्णाली प्रदेशका पुर्व मन्त्री सिता नेपालीले बालबालिकको विकासमा ध्यान दिनका लागि वाल विकास केन्द्र अपरिहार्य भइको भन्दै यसको विकासमा गाउँपालिकाले ध्यान दिनुपर्ने वताइन । यसको विकासका लागि प्रदेश सरकारमा समेत कुरा उठाउने उनले जानकारी दिइन ।

कार्यक्रममा गाउँपालिकामा रहेका सवै वालविकास केन्द्रका शिक्षकहरु, सवै वडा कार्यालयका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कुशे गाउँपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक तथा पहाडी क्षेत्र विकास अभियानको प्राविधिक सहयोगमा शिक्षा कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस