जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी प्रथम

सल्यान १३, असार ।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सल्यानको छत्रेश्वरी गाउँपालिकाले जितेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा असार १० गते देखी १२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको हो ।

भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स अन्र्तगतका प्रतियोगिताहरुमा सबैभन्दा धेरै पदकहरु जितेर छत्रेश्वरी गाउँपालिकाका खेलाडीहरुले शिल्ड हात पारेको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।  प्रतियोगितामा जिल्लाभरका ७ वटा स्थानिय तहको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस