तस्वीर : सामाजिक सञ्जालबाट
सल्यान १४, असार ।
राष्ट्रिय बृक्षारोपण बर्ष अभियानको शुरुवातमा सल्यानमा सात सय बिरुवा रोपिएको छ । राष्ट्रिय बृक्षारोपण बर्ष अभियानको शुरुवातमा जिल्लामा एकैदिन सात सय बढि बिरुवा रोपिएको हो । बृक्षारोपण गरी जैबिक विविधताको संरक्षण गरौ, वातावरणीय सन्तुलन कायम गर्न सहयोग पु¥याउ भन्ने नारा सहित मंगलबार देखि सुरु भएको राष्ट्रिय बृक्षारोपण बर्ष अभियानको अवसरमा शारदा नगरपालिका ८ नाउलाबजार मार्केको काफलगैरी ढारपाखा सामुदायिक वनमा बिरुवा रोपेर बृक्षारोपण बर्ष अभियानको सुरुवात गरिएको छ ।
डिभिजन वन कार्यलय सल्यानको आयोजना, पहाडी साना किसानका लागि अनुकुलन आयोजना आसा, पारीस्थितिकीय प्रणालीमा आधारीत अनुकुलन आयोजना सल्यान र वनस्पति अनुसन्धान केन्द्र सल्यानको समन्वयमा भएको यस बर्षको बृक्षारोपण अभियानमा तेजपात, काउलो, रिठा, लप्सी लगायतका करिब ७ सय बिरुवाको रोपन गरिएको डिभिजन वन कार्यालय सल्यानका डिभिजन प्रमुख रमेश गिरीले बताउनुभयो ।
बाढि पहिरो रोक्ने, मानिसलाई आवश्यक पर्ने अक्जिन प्राप्त हुने, वातावरण संरक्षण तथा जैबिकबिबिधतामा सहयोग पुग्ने उद्धेश्यले बृक्षारोपन बर्षको शुरवात गरिएको उहाँले बताउनुभयो । बिरुवा रोप्ने मात्र नभएर संरक्षण गर्नका लागी सुरक्षित ठाउँमा रोप्ने र बिरुवा जोगाउन समुदाय जाग्ररुप हुनुपर्ने उहाँको भनाइ छ ।
सो अवशरमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, सुुरक्षाकर्मि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।