सल्यान १७, असार ।
सल्यानको त्रिवेणी गाउँपालिमा ४ जना किसानहरुले गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । कृषि तथा पशुपालन ब्यवसायलाई सम्मानित, मर्यादित, र प्रतिस्पर्धी पेशाको रुपमा बिकास गर्ने र यसमा संलग्न किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले विहिबार उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत र सम्मान गरेको पशुपंक्षि विकास शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
बाख्रापालन व्यवसाय गर्दै आएका त्रिवेणी गाउँपालिका वडा नं. ५ ढोरचौर निवासी नेत्रलाल खड्काले गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले नगद रु ५० हजार सहित सम्मान पत्र प्राप्त गरेको रावतले जानकारी दिनुभयो । यस्तै गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी ४ फलाबाङमा भैसीपालन गर्दै आएका कुल बहादुर भण्डारीले नगद २० हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गर्नुभएको छ ।
यस्तै त्रिवेणी २ मा तरकारी खेती गर्दै आएका कर्ण बहादुर थापा र त्रिवेणी ६ सिमापाखामा तरकारी खेती गर्दै आएका रत्न बहादुर रेउलेले पनि जनही बीस÷बीस हजार सहित सम्मान पत्र प्राप्त गर्नुभएको छ । उत्कृष्ट किसानहरुलाई गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले पुरस्कार वितरण संगै सम्मान गर्नुभएको छ ।
सो अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उत्कृष्ट किसानलाई हरेक वर्ष सम्मान र पुरस्कृत गर्न आवश्यक रहेकोमा गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले जोड दिनुभयो । पुरस्कार वितरण कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष बिमल रावत, वडा नम्बर ३ का वडा अध्यक्ष कर्णदेव डागी, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको पनि सहभागी रहेको थियो ।