सल्यान २०, असार ।
राष्ट्रियसभाका सांसद उदय बहादुर बोहराले राप्ती राजमार्गको तत्काल स्तरोन्नती गर्न सरकारसँग माग गर्नुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले दाङको तुलसीपुर देखी सल्यान हुदैँ रुकुम पश्चिम जोडिएको सडकको स्तरोन्नतीको लागि सरकारले बर्षेनी वजेट छुट्याउने तर समयमा नै काम नहुने गरेकाले तत्काल स्तरोन्नती गर्न माग गर्नुभएको हो ।
जीर्ण सडककै कारण साना गाडी आवतजावत गर्न समस्या भएको र ठुला गाडीमा यात्रा गर्ने नागरिकले पनि जोखिमपुर्ण यात्रा गरिरहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै संघीयतालाई सबल बनाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।