साना किसान कृषि सहकारी संस्था कपुरकोटको ऋण लगानी १३ करोड

सल्यान १५, साउन ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोट सल्यानले रु.१३ करोड बढी ऋण लगानी गरेको छ । आर्थिक बर्ष २०७८/०७९ सम्म गरेर यस संस्थाले रु. १३ करोड, ३४ लाख, ९८ हजार रुपैँया ऋण लगानी गरेको हो । जसमा शेयर रकम रु. १ करोड, ५२ लाख, ७७ हजार पुगेको संस्थाका बरिष्ठ प्रबन्धक तिर्थ राज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस सहकारी संस्थामा निक्षेप रकम रु. ५ करोड ८६ लाख १४ हजार रहेको छ । कपुरकोट गाउँपालिकाभरि कार्यक्षेत्र रहेको यस सहकारीको हालको मुनाफा ४७ लाख रुपैँया रहेको छ । सहकारीले ९५ दशमलव ५ प्रतिशत परिचालन गरिएको ऋणको साँवा र व्याज असुली गरेको छ ।

संस्था प्रवन्धक जीत प्रसाद आचार्यका अनुसार यस सहकारीमा २ सय ६७ वटा समूह रहेका छन् । यस्तै १ हजार ७५ जना महिला र ५ सय २१ पुरुष गरेर १ हजार ५ सय ९६ जना शेयर सदस्य रहेका उहाँले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष डम्बर बहादुर यरीले सहकारीलाई थप व्यवस्थित बनाउदैँ प्रदान गरिने सेवालाइ स्तरीय वनाउन कपुरकोटमा नै आफ्नै भवन निर्माण थालिएको बताउनुभयो । यसले सहकारीका कामलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित