चन्द नेतृत्वको नेकपाका नेता केसी मृत फेला

 

सल्यान १९, साउन ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला पर्नुभएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका पार्टीका विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी (लोकपाल) आज बिहान मृत फेला पर्नुभएको हो । जिल्लाकै बागचौर नगरपालिका–१० मोख्ला नजिकै झोला बोकेकै अवस्थामा धान खेतमा घोप्टो परेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको हो ।

केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित