सल्यानमा जंगली च्याउ खादा एक जनाको मृत्यू, सात जना विरामी

सल्यान २१, साउन ।
सल्यानमा विषालु जगंली च्याउ खाँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन् । च्याउ खाएर विरामी भएका दुई परिवारका ८ जना मध्ये एक जनाको मृत्यू भएको हो भने बाँकीको उपचार भैरहेको छ । जिल्लाको शारदा नगरपालिका–४ साईलाकम्द निवासी दीर्घ बस्नेतको चार वर्षीया छोरी जोशना बस्नेतको बिषालु जगंली च्याउ खादा मृत्युभएको हो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा मृत्यू भएको हो ।

शुक्रबार बेलुका जगंलबाट ल्याएको च्याउ खाँदा दीर्घ बस्नेतको घरका चाजना (श्रीमती र छोराछोरी) बिरामी भएका हुन् । बिरामी पर्नेहरुमा बस्नेतको ४० वर्षीया श्रीमती मीना, २५ वर्षीया छोरी पवित्रा र ९ वर्षीय छोरा जोन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

यस्तै बिषालु च्याउ खादा बन्गाड कुपिन्डे नगरपालिका–९ जयतपानीमा एकै घरका चार जना बिरामी परेका छन् । बिरामी पर्नेमा वर्ष ४८ का भुपबहादुर ओली, उनकी श्रीमती वर्ष ४५ की मनकली ओली, छोरा वर्ष २३ का प्रकाश ओली र बुहारी वर्ष २१ की सुशिला ओली रहेका छन् । च्याउ खाएर विरामी भएका ती सबैको अवस्था सामान्य बन्दै गएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस