‘कोरोना भाइरस बिरुद्धको खोप लगाउन बाट कोही नछुटोस्’

सल्यान ३०, साउन ।

कोरोना भाइरस बिरुद्धको खोप लगाउन बाट कोही पनि छुट्न नहुने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण जिल्लामा पनि बढ्दै गएकाले सुरक्षित रहनको लागि कोरोना भाइरस बिरुद्धको खोप लगाउन बाट कोही पनि नागरिक छुट्न नहुने उनीहरुले बताएका हुन् ।

उनीहरुले ५ देखी ११ बर्ष उमेर समुहका सबै वालवालिकाहरुलाई खोपको पहुँचमा ल्याउनुपर्ने र खोप लगाउनबाट छुटेका त्यो भन्दा माथिल्लो उमेर समुहका नागरिकलाई पनि अनिवार्य रुपमा खोपको पहुँचमा ल्याउनुपर्ने बताएका हुन् । नेपाल रेडक्रस सोसाइटी सल्यान मार्फत सञ्चालित कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत सरोकारवाला निकायसँगको समन्वय बैठकमा सहभागिहरुले यस्तो बताएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा बोल्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप प्रशस्त मात्रामा रहेकाले खोपबाट छुटेका सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले तत्कालै ५ देखी ११ बर्ष उमेर समुहका वालवालिकाहरुको लागि खोप अभियान सञ्चालन गर्न लागिएकाले खोपको पहुँचमा सबैलाई ल्याउनको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

बैठकमा नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री किशोर कुमार हमाल, उपमन्त्री कल्पना सेजवाल, कोषाध्यक्ष ज्ञान प्रकाश शर्मा, शारदा नगरपालिकाका शिक्षा अधिकृत संगिता बुढा लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको दोस्रो चरण अन्र्तगत आगामी डिसेम्बर सम्म जिल्लाको शारदा नगरपालिका र कुमाख गाउँपालिका सञ्चालन हुने छ । बैठकको सहजीकरण कार्यक्रम फोकल प्रसन करुणा बस्नेतले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस