यही भदौँ १ गते सल्यान पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुदैँ

सल्यान ३०, साउन ।
सल्यान जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको छ । यही भदौँ १ गते बुधबारका दिन एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला भित्रका सबै १६ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाले १५ महिना भित्रै सबै प्रकारका खोपको मात्रा पाईसकेकाले जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

हरेक वर्ष जन्मिएका सबै बालबालिकाले खोपका सबै मात्रा पाएसके पछि जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिन्छ । यस बर्ष जिल्ला भित्र रहेका करिब ४ हजार २ सय बालबालिकाहरुले सबै खोप पाईसकेकाले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । ‘पुर्ण खोपयुक्त घोषणाको लागि तयार पारेका सुचक पुरा गरेका छौं, त्यसको आधारमा अब पुर्ण जिल्ला खोपयुक्त हुन्छ’ उहाँले भन्नुभयो ‘तर खोप अभियान भने निरन्तर नै चल्ने छ ।’

उहाँले जिल्लाभरका करिब ९५ प्रतिशत वालवालिकाले पाउनुपर्ने सबै खोप पाइसकेको उहाँको भनाइ छ । यसअघि जिल्लाका दश वटै स्थानिय तह पुर्ण खोपयुक्त पालिका घोषणा भैसकेकाले जिल्लालाई नै पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लारिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस