सल्यान ३, भदौँ ।
जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल सल्यानको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न इन्सेकको अधिकार–२ परियोजना अन्तरगत संचालनमा रहेको बैठकले विभिन्न विषयमा छलफल गर्दै निर्णय पारित गरेको हो । सञ्जालका संयोजक बुद्धि पुनको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लास्थित कारकागारमा रहेका कैदीबन्दीको अवस्था बुभ्mन कारागार अनुगमण गर्ने निर्णय गरेको छ ।
कारागारमा क्षमता भन्दा अत्याधिक मात्रामा कैदीबन्दी बस्नुपर्ने बाध्यता रहेको सन्दर्भमा उनीहरुको समस्या बुभ्mन कारागार अनुगमण गर्ने निर्णय गरेको संयोजक पुनले जानकारी दिनुभयो । यस्तै जिल्लास्थित मानवअधिकार तथा शान्ती समाजको अधिवेशनमा सञ्जालले आवश्यक सहयोग गर्ने र सञ्जाललाई अझै व्यवस्थित बनाउनको लागी बैंक खाता खोल्ने, लेटर प्याड निर्माण गर्ने, छाप काट्ने सन्दर्भमा समेत प्रकृया बुभ्mने र कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।