शिव जन क्याम्पस सितलपाटीको सञ्चालक समितीको अध्यक्षमा डाँगी चयन

सल्यान ४, भदौँ ।
शिव जन क्याम्पस सितलपाटी सल्यानको क्याम्पस सञ्चालक समितीको अध्यक्षमा प्रेम बहादुर डाँगी चयन हुनुभएको छ । शनिवार क्याम्पस परिसरमा सम्पन्न तेस्रो क्याम्पस सभाले डाँगीको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिती गठन गरेको हो ।

जसको उपाध्यक्षद्धय तिलक कुमार बिक र सुरेन्द्र बुढा तथा सदस्यहरुमा जर्मन हमाल, केशब बुढाथोकी, जालना भण्डारी, जब्बार अलि, नबराज बुढाथोकी, प्राण कुमार राई, मोहन लाल नेपाली, घनश्याम अधिकारी, सहदेव थापा, डम्बर केसी, अनन्त प्रसाद उपाध्याय र रत्नकुमारी थापा रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस