यो पार्टी मजबुत बनाउने बेला हो, सक्रिय भएर लाग्नुहोस : केन्द्रिय सदस्य डाँगी

सल्यान १०, भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य लोक बहादुर डाँगीले अहिले पार्टी निर्माणको एक बर्ष भएकाले सम्पुर्ण शक्ति पार्टी मजबुत बनाउन तर्फ लाग्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी पुनर्गठन दिवसका अवशरमा बिहिवार जिल्लाको बागचौरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीको बिचार, सिद्धान्त र निति स्पष्ट भएकाले पार्टीप्रति आमकार्यकर्ता र शुभेच्छुकहरु बढ्दै गएको उहाँको भनाइ छ । डाँगीले पार्टी निर्माणको एक बर्षमा नै उत्साहपुर्ण रुपमा पार्टी अघि बढेकाले एकताबद्ध भएर बृहत पार्टी निर्माणको साथ अघि बढ्नुपर्ने बताउनुभयो । पार्टी निर्माणको ७/८ महिनामा नै भएको स्थानीय तहको निर्वाचन हाम्रो लागि सिकाइ भयो, यसबाट पाठ सिकेर आगामी निर्वाचनमा अधिकतम सफलता पाउने गरि अगाडि बढ्नुपर्छ, उहाँले भन्नुभयो यसको लागि सबै सक्रिय भएर अघि बढ्नु आवश्यक छ ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष हरि केसी, केन्द्रिय परिषद सदस्य ज्ञानेश्वर केसी, पार्टीका जिल्ला उपाध्यक्ष भोला केसी, सचिब रमेशकुमार गौतम लगाएतकाले बोल्नु भएको थियो । पार्टीका बागचौर नगर कमिटी अध्यक्ष प्रेम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रोहबर सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिब डम्बर भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस