सल्यानमा अटो दुर्घटना हुदाँ चालक सहित चार जना घाइते

सल्यान १०, भदौँ ।
सल्यानमा अटो दुर्घटना हुदाँ चालक सहित चार जना घाइते भएका छन् । शुक्रवार बिहान राप्ती राजमार्ग अन्र्तगत भोटेचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको अटो अनियन्त्रित भएर भुंमेश्वरज्यूलामा दुर्घटना हुदाँ चार जना घाइते भएका हुन् । रा १ ह ५४४५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुदाँ सडक भन्दा करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरुमा अटो चालक त्रिबेणी गाउँपालिका– ३ निवासी ४५ बर्षिय कमानसिंह जिएस, त्रिबेणी गाउँपालिका– ६ निवासी ६५ बर्षिय बिक्रम खड्का, उहाँकै श्रीमती ५५ बर्षिया सुन्दरी खड्का र शारदा नगरपालिका– १३ निवासी १८ बर्षिया दिपा सुनार रहेका छन् । घाइतेहरुको परोपकार हस्पिटल श्रीनगरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस