मृगौला पिडितलाई सल्यानका एम्बुलेन्स चालकद्धारा आर्थिक सहयोग

सल्यान १३, भदौँ ।
सल्यानका एक मृगौला पिडितलाई एम्बलेन्स चालकहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शारदा नगरपालिका १५ का दुवै मृगौला पिडित सञ्जय केसीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानले आर्थिक सहयोग संकलन गरेर आइतवार हस्तान्तरण गरेको हो ।

संघका जिल्ला अध्यक्ष ओम बहादुर जिसीले पिडित केसीका बुवा सुकलाल खत्रीलाई ३० हजार ५ सय ६० रुपैँया हस्तान्तरण गर्नुभएको हो । जिल्लामा रहेका सम्पुर्ण एम्बुलेन्स चालक, ग्यारेज तथा अन्य व्यक्तिहरुबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको अध्यक्ष जिसीले बताउनुभयो । पिडित परिवारको लागि केही राहत होस् भन्ने हेतुका साथ रकम संकलन गरेर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

सहयोग रकम बुझ्दै खत्रीले दुख परेको बेला बिभिन्न व्यक्तिहरुबाट रकम संकलन गरेर सहयोग गरेको भन्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार अहिले छोराको बिर अस्पताल काठमाण्डौँमा उपचार भैरहेको छ ।

२६ बर्षिय छोराको उपचारको लागि हालसम्म करिब १८ लाख रुपैँया खर्च भैसकेको उहाँले बताउनुभयो । सहयोग रकम हस्तान्तरणको अवशरमा संघका जिल्ला सचिव मुकेश थापा, कोषाध्यक्ष दिनेश खत्री लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित