सल्यानमा ७२ बर्षिय एक वृद्ध मृत फेला

सल्यान १४, भदौँ ।
सल्यानमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बागचौर नगरपालिका ४ लौराबाङका ७२ वर्षीय वृद्ध हरी बहादुर पुन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएराती देखि हराएका उनको आज दिउँसो शारदा नदी किनारमा शव फेला परेको प्रहरीको भनाइ छ ।

स्थानिय भान्जा बुहारी नाता पर्ने आफन्तको घरबाट आफ्नो घर जानेभनी फर्किएको तर घर नपुगेपछि उनको खोजीकार्य गरिएको थियो । खोजी गर्ने क्रममा आज दिउँसो आफन्तले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस