सल्यान, १७ भदौ ।
सल्यानमा पुस्तकालय दिवश मनाइएको छ । पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ भन्ने मुल नाराका साथ सल्यान जिल्लामा पनि पुस्तकालय दिवस मनाईएको हो । जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थी अविभावक तथा शिक्षकहरुको अगुवाईमा विद्यालयमा विभिन्न कृयाकलाप गरेर पुस्तकालय दिवस मनाएका हुन् ।
रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोग र दलित विकास समाज सल्यानको स्थानिय व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका करिब ४५ वटा विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको हो । विद्यालय वन्द भएपनि दिवस मनाउन तथा वालवालिकाहरुको पढ्ने वानीमा विकास गर्न वालवाललिकाहरुलाई विद्यालयमा वोलाएर पढने, पढाउने जस्ता कृयाकलापहरु गरेर पुस्तकालय दिवस मनाईएको दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिनुभयो ।
पालिकास्तरमा आयोजना गरिएका पुस्तकालय उद्घाटन तथा पालिकास्तरका अन्य कार्यक्रमहरु विद्यालय वन्द भएर स्थगित गरिएको भएपनि विद्यालय आसपासका वालवाललिकालाई शिक्षक आफैले विद्यालय वोलाएर पुस्तकालय दिवसलाई महत्वका साथ मनाएको उहाँले जानकारी दिनुभएको छ ।