सल्यानमा प्रथम कञ्चन कप पुरुष भलिवल प्रतियोगिता हुने

सल्यान, १७, भदौ ।
सल्यानमा प्रथम कञ्चन कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । बडादशैँको अष्टमी मेलाको अवशर पारेर यही असोज १६ गतेदेखी १८ गतेसम्म जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा प्रथम कञ्चन कप पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सल्यान जिल्लाका सबै वडाहरु र छिमेकी रोल्पाको गंगादेव गाउँपालिका भित्रका वडाहरुले मात्रै सहभागिता जनाउन पाउने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले टिमले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा तृतिय हुनेले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने सुरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा बेष्ट प्लेयरलाई २ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा भाग लिनको लागि असोज १५ गतेसम्म खेलाडी दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क ३ हजार रहेको छ । कञ्चन आयुर्वेद क्लिनिक तुलसीपुर दाङको आयोजना र प्रतिभाशाली यूवा क्लव तथा प्रगतिशिल यूवा क्लव दमाचौरको सहआयोजनामा प्रतियोगिता सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस