सल्यान, २० भदौ ।
सल्यानको शारदा नगरपालिकामा सञ्चालित खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । यही भदौँ २५ गते हुने निर्वाचनका लागि सोमबार भएको मनोनयन पत्र दर्ताका क्रममा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केशब बहादुर बुढाथोकी र पुर्ण चन्द्र राईले उम्मेदवारी दिनुभएकोे हो । यस्तै उपाध्यक्ष पदमा मौषमदास श्रेष्ठ, प्रकाश नेपाली र सावित्रा राई गरेर तीन जनाको उम्मेदवारी परेको छ ।
यस्तै सचिव पदमा सुधन श्रेष्ठ, माधव कुमार राई र विमर्श प्रधानले उम्मेदवारी दिनुभएको छ भने कोषाध्यक्ष पदमा दिपा श्रेष्ठ, अस्मिता वली र धिरज रावत तथा सहसचिव पदमा इन्द्रा भण्डारी र गायत्री खड्काले उम्मदेवारी दिनुभएको छ । यस्तै सदस्यहरु उत्तरा कुमारी बिष्ट, नरेन्द्र कुमार बुढा मगर, लक्ष्मण हमाल, विनोद कुमार थापा, जिम जियाङ राई र पालना राईले उम्मेदवारी दिनुभएको छ ।
नौँ सदस्यीय कार्यसमितीका लागि १९ जनाले उम्मेदवारी दिएको निर्वाचन संयोजक चन्द्र प्रकाश वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार भोली दावी विरोध र मनोनयन फिर्ताको कार्यक्रम रहेको छ । यस संस्थामा दुई हजार एक सय चार जना मतदाता रहेका छन् ।