सल्यानमा पोषण कार्यक्रमको समिक्षा

सल्यान, २१ भदौ ।
सल्यानका दश वटै स्थानीय तहका स्वास्थ्य संयोजक तथा सह संयोजकहरुको उपस्थितीमा पोषण कार्यक्रमको समिक्षा तथा पोष बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र युएसएआईडी हेलेन केलर इन्टरनेशनलको सहयोगमा दलित बिकास समाज सल्यानद्धारा सञ्चालित सुआहारा दोश्रो कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा समिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सल्यान जिल्लाका दश वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुले आब २०७८/७९को अबधिमा आ–आफ्नो पालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा सम्पन्न भएका बिभिन्न क्रियाकलापहरु, मूख्य मूख्य उपलब्धिहरु, समस्या तथा चुनौती र अबसरहरु साथै बिगत तीन आब मा पालिका भित्र पोषणका सुचकहरुको अवस्था सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने समग्र जिल्लामा पोषणको अवस्थाको वारेमा स्वास्थ्य सेवा कार्यालय सल्यानका परिवार योजना सुपरभाईजर थलराज डिसीले प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुतिकरण भएको तथ्यांकहरुको आधारमा जिल्लामा पोषणका सुचकहरुको अवस्थालाई हेर्दा बिगतका बर्षहरुमा भन्दा यस आबमा उल्लेख्य मात्रामा सुधार भए पनि उक्त सुधारमा अभैm गर्ब गर्न नसकिने सहभागीहरुको धारणा रहेको थियो । पोषणका बिभिन्न सुचकहरु मध्ये जन्मेदेखि दुई वर्षमुनीका बालबालिकाहरुको बृद्धि अनुगमनको औसत भेट निकै कमजोर रहेको पाईयो ।

जसमा औसत भेट २४ पटक हुनु पर्नेमा सबै भन्दा धेरै हुने पालिकाको ६.९ र कम हुने पालिकाको ३.९ रहेको पाईयो यसैगरि समग्र जिल्लाको औसत भेट ४.४ रहेको देखियो । यसका साथै नेपाल सरकारले सञ्चालनमा ल्याएको बालबालिकाको बौद्धिक बृद्धि बिकासमा प्रत्येक्ष सहयोग पुग्ने सुक्ष्म पोषक तत्वहरुले बनेको बालभिटाको आमा बितरण कार्यक्रम सरकारको आपूर्तिमा समस्या तथा सामाग्रीको गुणस्तरका कारण पनि प्रभाबकारी हुन नसकेको सहभागीहरुले बताए ।

कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा भए गरेका क्रियाकलापहरुको गुणस्तरीय रेकडिङ्ग र रिपोटिङ्ग गर्नको लागी स्वास्थ्य संस्थाहरुमा अर्धबार्षिक रुपमा गरिने नियमित डाटा गुणस्तर मूल्याङ्कनको वारेमा साथै पालिकाहरुका सञ्चालन हुने पोषण बिशेष कार्यक्रम अन्तर्गतका क्रियाकलापहरुको गुणस्तर सुधारका लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाले तयार पारेको पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ माथी सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यता साथै प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा. रबिन खड्काको बिशिष्ट आतिथ्यतामा तिन दिनसम्म चलेको कार्यक्रमको बिबिध बिषयबस्तुहरु माथी स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठ, सुआहारा कार्यक्रम काठमाण्डौंबाट आउनु भएका स्वास्थ्य तथा पोषण प्रणाली सुदृढिकरण सल्लाहकार डा. करुणा लक्ष्मी शाक्य, पोषण बिज्ञ राजनन्दन मण्डल, सुआहारा कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्मा सुआहारा जिल्ला कार्यालय रुकुमका स्वास्थ्य तथा पोषण अधिकृत अशोक रावल लगाएतले सहजिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा दलित बिकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले संस्थामा हाल सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमहरुको वारेमा सहभागीहरु बिच जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा. रबिन खड्काले गत आ.ब. २०७७/७८ को प्रदेशस्तरीय बार्षिक समिक्षा गोष्ठीको अवसरमा सहभागीहरुले गरेको सात बुँदे प्रतिबद्धता स्मरण गर्दै बँुदा नं. ३ मा उल्लेख भएको हरेक नागरिकको गुणस्तरीय स्वास्थ्य तथा पोषण सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार सुरक्षित गर्दै बहुपक्षिय सहकार्य मार्पmत पोषणका सुचकहरुको बृद्धि गरि पोषणयूक्त कर्णाली प्रदेश निर्माण गर्ने प्रतिबद्धता साकार बनाउनका लागी सबै सहभागीहरुलाई सक्रिय भएर काम गर्न निर्देशन गर्नु भयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका तथ्याङ्क अधिकृत हरि बहादुर घर्तीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सोही कार्यालयका परिवार योजना सुपरभाईजर थलराज डिसीले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका दश वटै पालिकामा कार्यरत स्वास्थ्य संयोजक, सह संयोजक, स्वास्थ्य सेवा कार्यालय सल्यानका बिभिन्न फाँटका फोकल व्यक्ति लगाएत पोषणको क्षेत्रमा काम गरिरहेका बिभिन्न बिकास साझेदार संस्था तथा कार्यक्रमका प्रमुख तथा प्रतिनिधिहरु गरि ३० जनाको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस